मुख्य समाचार
इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिपको आय–व्यय सार्वजनिक | बुबा आमाको वार्षीक पुन्य तिथीमा वैदिक सनातन भद्रपुरलाई सहयोग | भद्रपुर भन्सारमा कपडा आएन, केचना बन्यो तस्करीको सजिलाे नाका | झापाको शिवसताक्षीमा विष सेवनपछि भिरबाट हाम फाल्ने युवकको मृत्यु | चिया तथा कफी विकास बोर्डको केन्द्रीय उपाध्यक्षमा आदित्य पराजुली नियुक्त | आगामी तीन दिन देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना | झापामा लापसे र मापसे गर्ने ७ जना चालक पक्राउ | मोरङ कारागार असुली प्रकरण: अभिषेक गिरी पक्राउपछि कर्मचारीसहित थप तीन नियन्त्रणमा, कारागारभित्र तनाव र उच्च सुरक्षा सतर्कता | लियो क्लब अफ भद्रपुरको अध्यक्षमा आराध्या प्याकुरेल | झापातर्फ आउँदै गरेको ट्रक दुर्घटना ,चालक सकुशल |

इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिपको आय–व्यय सार्वजनिक

देश प्रदेश डेस्क 5259+ समाचार ( )
१७ आषाढ २०८३, बुधवार

झापा   भद्रपुर क्रिकेट क्लबले कार्यक्रमको आय–व्यय सार्वजनिक गरेको छ । क्लबले बुधबार भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।  
क्लबका कोषाध्यक्ष छितिज खवासका अनुसार आम्दानी तर्फ ७४ लाख ८० हजार ६ सय ४२ रुपैयाँ र  खर्चतर्फ ८० लाख २१ हजार ६ सय ७२ रुपैयाँ भई आम्दानी भन्दा ५ लाख २१ हजार ३० रुपैयाँ बढी खर्च भएको जनाए ।
 झापा भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा पन्ध्रवर्षपछि अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिता कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको सहयोगमा ०८२ माघ २१ देखि २९ गतेसम्म सो प्रतियागिता सञ्चालन भएको थियो ।
क्लबका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको वर्तमान र भावी योजनाका बारेमा समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी गराएका थिए । ग्राउण्ड नजिकै रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको खेलाडी आवास निर्माणाधीन अवस्थामा रहेको, क्रिकेट तालिमका लागि दुइवटा पक्की र एकवटा घाँसे पिच निर्माण भइसकेको उनले जनाए । साथै पिचमाथि ट्रस निर्माण गरी निरन्तर स्वदेश तथा विदेशी खेलाडीका लागि प्रयोग गरिने उनले जनाए । भवन तथा पिच निर्माणमा वडा तथा भद्रपुर नगर र प्रदेश सरकारले सहयोग गरिरहेको उनले जानकारी गराएका थिए । नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण क्लबका महासचिव वसन्त पोखरेलले गरेका थिए ।
यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट सङ्घ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो । सङ्घको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेलले हस्ताक्षर गरेपश्चात् क्रिकेट सङ्घले क्रिकेट पिच बनाइदिएको थियो । खेल मैदान तयारी भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागितामा २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले उपाधि जितेको थियो । यो पटक आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको थियो ।
उपाधिसँगै भद्रपुरले नगद ५ लाख पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता आसामले नगद ३ लाख प्राप्त गरेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै