मुख्य समाचार
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी | भोलिदेखि शिक्षा समता शुल्क लागू, २६ लाख विद्यार्थी मारमा | किन सञ्चालनमा आएन बिर्ताबजारको इभी चार्जिङ स्टेसन | बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | |

झापाका ३३ जनासहित देशभरबाट १३२३ जना वेपत्ता

देश प्रदेश डेस्क 5295+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

                                                                                                                        साङ्केतिक तस्वीर

झापा सशस्त्र द्वन्द्वकालमा झापाका ३३ जनासहित देशभरबाट १३२३ जना वेपत्ता पारिएकाहरुको अवस्था अझै सार्वजनिक भएको छैन । सशस्त्र द्वन्द्व समाप्त भएर देश शान्तिपूर्ण राजनीतिमा फर्किएको १९ वर्ष वितेको छ । यो समयमा द्वन्द्वको नेतृत्व गरेको माओवादी पार्टी तथा अरु कांग्रेस–एमाले, राप्रपा समेत सत्तामा पुगिसकेको छ । यद्यपि कसैले पनि वेपत्ताको अवस्थाबारे जानकारी गराउनका लागि चासो नदेखाएको पीडितको गुनासो छ ।

अन्तर्राष्ट्रिय वेपत्ता दिवसको अवसरमा बिर्तामोडमा सामूहिक दीप प्रज्ज्वलन गरेसगै याे तथ्याङ्क सार्वजनिक गरिएको हाे ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र वेपत्ता परिवार झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको समन्वयमा बिर्तामोडस्थित मुक्तिचोकमा सामूहिक दीप प्रज्ज्वलन गरिएको  थियाे ।

सो अवसरमा नेपालमा तत्कालीन माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही दुवै पक्षले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरिएको छ ।

वेपत्ता पारिएका परिवारले आफ्ना आफन्तको अवस्था के छ ? भन्ने कुरा जान्न पाउने अधिकार रहेको उल्लेख गर्दै वेपत्ताको अवस्था, सास, लास वा दिवंगत भइसकेको भए दिवंगत भएको तिथि, मिति पीडित परिवारलाई जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले द्वन्द्व समाप्त भएको १९ वर्षसम्म पनि वेपत्ताका बारेमा केही पनि सार्वजनिक नहुनु दुःखद भएको बताउँदै अवस्था सार्वजनिक गरेर पीडितको पीडामा मल्हमपट्टी लगाउन आग्रह गरे । वेपत्ता पारिएका आफन्तको अवस्था जान्न पाउने पीडित परिवारको अधिकार भएको स्मरण गराए ।

त्यस्तै बेपत्ता परिवार झापाका अध्यक्ष डिल्ली रिजालले द्वन्द्व सकिएको दुई दशक भएपनि आफन्त गुमाएको पीडा उस्तै रहेको बताउँदै अवस्था सार्वजनिक गर्न माग गरे । ‘जीवित हुनुहुन्छ भन्ने त हामीलाई पनि आस छैन, राज्यले अवस्था जानकारी गराइदिए कम्तीमा आ–आफ्नो संस्कार अनुसार केही गर्न त पाउँथ्यौं ’रिजालले भने ।

मानव अधिकारीवादीहरुले सदैव स्वतन्त्रतापूर्वक बाँच्न पाउनु पर्छ भन्ने कुरामा जोड दिंदै आएको बताउँदै मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालले वेपत्ताको अवस्था समेत जानकारी नपाउनु दुःखद रहेको बताए । वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्नका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिंदै उनले मानवअधिकारवादीहरु सहयोगका लागि तयार रहेको बताए ।

रेडक्रसका महामन्त्री चन्द्र चुडालले सहजीकरण गरेको अन्तरक्रिया तथा दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।
‘जान्न पाउने अधिकार, उनीहरु बिर्सिएका छैनन्, परिवारले जवाफ पाउनै पर्छ, खोजी जारी छ, नाराका साथ यसवर्षको अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार