मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

झापामा डेंगुबाट एक बालकको मृत्युु, ६०१ जना संक्रमित

देश प्रदेश डेस्क 5407+ समाचार ( )
२३ आषाढ २०८३, मङ्गलबार

झापा / चझापामा डेंगु संक्रमणका कारण एक बालकको मृत्यु भएको छ। जिल्लामा चालु वर्ष हालसम्म ६०१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

मृत्युु हुनेमा झापाको झापा गाउँपालिका ६ का १० वर्षीय बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

बालकको उपचारका क्रममा उनको मृत्यु भएको हो। जिल्लाभर संक्रमणको संख्या निरन्तर बढ्दै गएपछि स्वास्थ्य निकायले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म ६०१ जनामा डेंगु पुष्टि भइसकेको छ। पछिल्ला साताहरूमा वर्षा बढेसँगै लामखुट्टेको प्रजनन बढेकाले संक्रमण पनि फैलिएको जनाइएको छ।

स्वास्थ्यकर्मीहरूले ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा शरीरमा रातो दाग देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार