मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

जसपा नेपालको केन्द्रीय समितिमा झापाका पाँच जना केन्द्रीय सदस्य

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ आषाढ २०८१, बिहीबार

झापा जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय सदस्यमा झापाका पाँचजना चयन भएका छन् ।  झापाका गोमा भुसाल , राधा थापा, रंगलाल राजवंशी , लीलादेवी सिटौला र शशी लिङ्देन लिम्बू केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो। अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समितिसमेत बनाएका छन्। पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन्।

जसपा नेपालको महाधिवेशन अध्यक्षबाहेकका अन्य पदमा भने उम्मेदवारी परेको थियो। जसअनुसार १ सहअध्यक्ष पदका लागि ३ जना, ५ उपाध्यक्ष पदका लागि २३ जना, २ महासचिवका लागि ६ जना र ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी दर्ता गरेका थिए। ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो।
निर्वाचन प्रक्रिया स्थगित गरी जसपा नेपालले महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार