मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी | विद्यालय खोल्न अनुमति र स्वीकृति दिने पूर्ण अधिकार स्थानीय तहलाई |

४ वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि, २१ प्रतिशतसम्म बढ्यो

देश प्रदेश डेस्क 5291+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

झापा / सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजामती, सेना, प्रहरी, शिक्षक लगायत सम्पूर्ण सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब, भत्ता तथा पारिश्रमिक संरचनामा सुधार गरिएको जानकारी दिएका हुन् ।

सरकारले पछिल्ला चार वर्षदेखि कर्मचारीको तलब वृद्धि नगरेको अवस्थामा बढ्दो महँगी र बजार मूल्यलाई आधार बनाएर नयाँ तलब संरचना ल्याएको जनाएको छ । नयाँ व्यवस्थाअनुसार न्यूनतम सरकारी तलब करिब ४० हजार रुपैयाँसम्म पुग्ने बताइएको छ ।

यसअघि मुख्यसचिव सुमनराज अर्याल नेतृत्वको तलब पुनरावलोकन समितिले कर्मचारीको तलब २७ प्रतिशतदेखि ५७ प्रतिशतसम्म वृद्धि गर्न सरकारलाई सिफारिस गरेको थियो । तर सरकारले तत्कालका लागि औसत २१ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

सरकारले कर्मचारीको खरिद शक्ति जोगाउन, कार्यक्षमता बढाउन र प्रशासनिक मनोबल उच्च बनाउन तलब वृद्धि आवश्यक भएको दाबी गरेको छ । बजेटमार्फत आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य समेत लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार