मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

सुरुङ्गाबाट लागू औषधसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5407+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

झापा कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा टेम्पु स्ट्यान्ड नजिकैबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ६:३० बजेको समयमा ३०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध (लिसिलो पदार्थ) सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुली भीमान नगरपालिका–१० का २६ वर्षीय विनोद बिक र झापा गाउँपालिका–३ की २४ वर्षीया प्रेमकला महतो रहेका छन्। उनीहरूको साथबाट प्लास्टिकका तीन वटा पोका फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र घटनासम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार