मुख्य समाचार
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी |

सङ्कट हरेश्वर विश्रान्तिघाटमा आयाेजना गरिएकाे श्रीमद्भागवत पुराणकाे उद्घाटन

देश प्रदेश डेस्क 5292+ समाचार ( )
३० भाद्र २०८०, शनिबार

झापा । झापाकाे भद्रपुर ७ स्थित शङ्कट हरेश्रवर विश्रान्तीमा समस्त ज्ञात अज्ञात पितृ उद्धारका उद्देश्यले आयाेजना गरिएकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आज एक कार्यक्रमका विच उद्घाटन भएकाे छ नेपालका प्रथम जगतगुरु वालसन्तले साे ज्ञान महायज्ञकाे उद्घाटन गर्नु भएकाे थियाे ।

आज विहान भद्रपुर क्षेत्रमा रहेका मुक्तिनाथ घाट कलवलगुरी, चन्द्रगढ, स्वर्गद्वारी हडिया निन्दालगायत सबै घाटबाट जल उठाएर कलस यात्रा गरिएकाे थियाे । विश्रान्ती घाटबाट सुरु भएकाे कलस यात्रा भद्रपुर ७ मा रहेकाे पातालकाली भगवती मन्दिर, १० मा रहेकाे विष्णु पाञ्चायन मन्दिर, ७ मा रहेकाे नवदुर्गा मन्दिर र विषम टाेलमा रहेकाे दुर्गा मन्दिर, चन्द्रगढी बजारमा रहेकाे काली मन्दिर, सगरमाथा नजिक रहेकाे गायत्री मन्दिर, भद्रपुर ८ मा रहेकाे गणेश पाञ्चायन मन्दिर, भद्रपुर बजारमा रहेकाे दुर्गा मन्दिर र लक्ष्मीनारायण मन्दिर तथा मेची किनारमा रहेकाे हनुमान मन्दिर परिक्रमा गर्दै मेची नदिमा पुगेर नदिकाे पूजा अर्चना गरि जल उठाएर झापाचाेक, भानुचाेक, गुरुकुल वेद विद्याआश्रम, सङ्कटहरेश्वर शिव पाञ्चायन मन्दिर हुँदै पुराण स्थलमा पुगिएकाे थियाे ।

उद्घाटन गर्दै जगत गुरुले १८ पुराण बाहेक अरु कुनैपनि ग्रन्थले नेपालकाे बारेमा वर्णन नगरेकाे बताउनु भयाे उहाँले भन्नू भयाे जतिपनि शास्त्रमा लेखिएका भूमीहरु छन् सबै नेपालमै रहेका छन् , कावेली नदि छाेडेर कमण्डलुमा लगिएकाे जलबाट बनेकाे नदीमा स्नान गर्न हामी कैयाै दिन धाएर जान्छौं जाे नेपालमै रहेकाे छ ।

घाटका अध्यक्ष हरि प्रसाद निराैलाकाे अध्यक्षयतामा भएकाे कार्यक्रममा नगर प्रमुख गणेश पाेखरेल, उप प्रमुख राधा कार्की, पुराण प्रमुख बाचक छन्दुराम भण्डारी, उप बाचक कमल नयन निराैला,गाेलाेक धाम सताक्षीका पीठाधिस् नन्दि किशाेर भारद्वज, घाटका संस्थापक अध्यक्ष निलमणि नेपाललगायत स्थानीय जनप्रतिनिधिकाे उपस्थित रहेकाे थियाे भने कार्यक्रमकाे सञ्चाल गाेविन्द काेईरालाले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार