मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

स्थानीय तहले भारतीय माछामा लगाएको प्रतिबन्धप्रति कांग्रेसद्वारा विरोध

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

झापा स्थानीय तहले भारतीय माछाको बिक्री वितरणमा लगाएको प्रतिबन्धप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ ।

क्वारेन्टाइनबाट ल्याव परीक्षण गरेर आयात गरिएका खानयोग्य माछा बेच्न संघीय कानूनले नछेक्ने भएपनि कतिपय पालिकाले त्यसविपरित कार्य गरिरहेको कांग्रेसका नेता कार्यकर्ताहरुले आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल माछा ब्यापार श्रमिक संघ झापाको चौथो जिल्ला अधिवेशनमा सहभागी कांग्रेस नेता कार्यकर्ताहरुले बिर्तामोड नगरपालिकालगायतका पालिकाहरुले भारतीय माछामा लगाएको प्रतिबन्धको खुलेर विरोध जनाएका हुन् ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले संघ, प्रदेश र स्थानीय तहको बेग्लाबेग्लै नीतिका कारण माछा ब्यापारमा समस्या देखिएको बताए। अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट संवोधन गर्दै सभापति थेवेले क्वारेन्टाइनबाट ल्याव परीक्षण गरेर आयात गरिएका खानयोग्य माछा बेच्न संघीय कानूनले नछेक्ने भएपनि कतिपय पालिकाले त्यसविपरित नीति बनाउँदा माछा ब्यापारमा समस्या देखिएको बताए ।माछा ब्यापारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिँदै सभापति थेवेले संगठित हुन र पालिका तहमा देखिएका समस्या समाधानका लागि पार्टीका तहगत संरचनासँग समन्वयमा रहन आग्रह गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीले माछा ब्यवसायीहरु एकजुट नहुँदा केही पालिकामा क्वारेन्टाइन परीक्षण प्रमाणपत्र प्राप्त माछा ब्यापारमा समेत समस्या देखिएको बताए । संगठित रुपमा समस्या समाधानमा लाग्न आह्वान गर्दै अध्यक्ष अधिकारीले सहजीकरणमा सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा बिर्तामोड नगर सभापति भोजराज सिटौलाले नेपाल सरकारको कानूनविपरित बिर्तामोड नगरपालिकाले कानून बनाउँदा उपभोक्ताले आफ्नो रोजाइको माछा खान भारत वा अर्कै जिल्लामा जानुपर्ने बाध्यता रहेको बताए । यसको अन्त्य गर्न नगरपालिकालाई उनले आग्रहसमेत गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष गंगाराम ओडारी, नेपाल कृषि श्रमिक संघ झापाका अध्यक्ष दीपक काफ्ले, इन्दु पूर्वेलीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा शेरबहादुर राईले स्वागत गरेका थिए ।
अधिवेशनले अर्जुन सहनीको नेतृत्वमा नयाँ समिति गठन गरेको निर्वाचन संयोजक जयकुमार दाहालले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षमा मेघु राय , सचिवमा मोहन शाह, सहसचिवमा शेरबहादुर राई, कोषाध्यक्षमा  राजु सहनी चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा , शंकर सहनी, विमला राजवंशी, सुनिता सहनी, शान्तिदेवी मुखिया र मुक्ति माझी चयन भएका छन् । अधिवेशनले पूर्व अध्यक्षहरु छेदी सहनी र सोनालाल शाहलाई सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार