मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

प्रधानमन्त्री शाहसँगको छलफलमा सांसद डाँगीद्वारा झापा–१ का मुद्दा उठान

Desh Pradesh News 1+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

झापा / प्रतिनिधि सभा सदस्य निशा डाँगीले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह सँगको भेटवार्ताका क्रममा झापा क्षेत्र नं. १ का विभिन्न समस्या तथा आवश्यकताहरू उठाएकी छन्।

प्रधानमन्त्री बालेनले सोमबार कोशी प्रदेश र कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको राय लिने क्रममा क्षेत्र नं. १ का विभिन्न समस्या तथा आवश्यकताहरू उठाएकी हुन् । उक्त छलफलमा स्थानीय स्तरमा देखिएका समस्याहरूको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको डाँगीले आफ्नाे फेसबुक मार्फत जानकारी गराएकी  छिन्।

डाँगीले छलफलका क्रममा सुपारी खेतीसँग सम्बन्धित विद्यमान सिन्डिकेट प्रणाली हटाई नेपाली कृषकलाई आफ्नै उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने विषय प्रमुख रूपमा प्रस्तुत गरिएको छ।

त्यसैगरी, झापाका विभिन्न क्षेत्रमा गम्भीर बन्दै गएको हात्ती–मानव द्वन्द्व नियन्त्रणका लागि तत्काल र दीर्घकालीन समाधान आवश्यक रहेको विषय पनि उठाइएको छ। जनधनको सुरक्षाका लागि प्रभावकारी नीति तथा संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएकी छिन्।

छलफलका क्रममा, भद्रपुरस्थित कारागारको ढल व्यवस्थापन सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले यसतर्फ तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, स्वास्थ्य सेवाको सुदृढीकरण तथा स्तरोन्नतिका लागि मेची आम्दा अस्पताललाई संघीय सरकारअन्तर्गत ल्याउन पहल गर्नुपर्ने माग पनि गरिएको छ।

पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग तथा मदन भण्डारी राजमार्गको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने विषय समेत छलफलमा उठाइएको छ, जसले क्षेत्रीय विकासलाई गति दिने विश्वास व्यक्त गरिएको छ।

यसका साथै भन्सार व्यवस्थापन, सुकुम्बासी समस्या, सिमानाका, खानेपानी, सिँचाइ, सडक तथा पुल निर्माण, चिया बगानसँग सम्बन्धित समस्या, खेलकुद लगायत जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका विविध विषयहरू पनि समग्र रूपमा जानकारी गराइएको छ।

समग्रमा, उक्त छलफलले झापा–१ का जनताका समस्याहरूलाई राष्ट्रिय तहमा पुर्‍याउने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गर्दै सांसद डाँगीले आगामी दिनमा यी विषयहरूको कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय हुने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार