मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

झापा मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ ।

मलेशियामा ६ वर्षदेखि सम्पर्कविहिन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् ।

गोपाल  काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा मेचीनगर–६ स्थित काँकरभिट्टा घर आइपुगे ।

उनकी आमा सानी घिमिरेले छोरालाई देख्ने वितिकै अंगालो हालेर खुशीले आँसु झारिन् । छोरासँग भेट भएपछि आँसु पुछ्दै सानी घिमिरेले भनिन्–‘छोरा मलेशिया गएको १६ वर्ष भएको थियो ।

६ वर्षदेखि सम्पर्कविहिन छोरालाई खोजी गरिदिने पहिलो मेरो भगवान अर्जुन भाइ नै हो । त्यसपछि अर्जुन भाइ मार्फत विश्वप्रकाश शर्मा सर र चोलाकान्त पंगेनी सरले गरेको सहयोग कहिलै विर्सने छैन । मेरो छोरालाई घरसम्म सकुशल ल्याइदिने तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद छ ।’

शुक्रबार मलेशियाबाट काठमाडौँ आइपुगेका गोपाल घिमिरेलाई नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले पनि भेटेका थिए ।

सांसद शर्माले गोपाल काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा आउँदा निःशुल्क टिकटमा आएको बताए । सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले गोपालको टिकट निःशुल्क गरिदिएको उनले बताए ।

गोपाल मलेशियामा ६ वर्षदेखि वेपत्ता भएपछि उनकी आमाले विभिन्न मिडिया, संघ–संस्था र व्यक्तिको घर धाइन् । तर केहि उपाया लागेन ।

गत भदौमा मेचीनगरमा पत्रकार सम्मेलन गरेपछि छोरा भेट्ने बाटो खुल्यो । सानी घिमिरेले पत्रकार सम्मेलनमा रुदैँ रुदैँ गरेको भिडियो पत्रकार अर्जुन कार्कीले  प्रकाशित गरेपछि गोपाल मलेशियामा भेटिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार