मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

छठ पर्वमा भद्रपुर स्थित मेची नदीमा भजनसहित गंगा आरती भव्यरूपमा सम्पन्न

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

झापा सद्भाव र भातृत्वकाे प्रतीक छठ पर्वमा भद्रपुर स्थित मेची नदीमा  संकिर्तन भजनसहित गंगा आरती भव्यरूपमा सम्पन्न  भएकाे छ । भद्रपुर नगरपालिका नगर कार्यपालिकाकाे  आयाेजना तथा ५ नम्बर वडा समितिकाे कार्यालय ,युनिक समूह र मैथिल समाज भद्रपुरकाे सहकार्यमा विहीबार साँझ भद्रपुर ५ सूर्यनारायण मन्दिर परिसरमा गंगा आरती सम्पन्न गरिएकाे हाे  ।  स्थानीय गुरू पिताम्बर अधिकारीकाे नेतृत्वमा दुइवटा आरतीकाे कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

यही वर्षकाे भदाै २३ गते पहिलाे पटक बन्धु कार्कीकाे नेतृत्वमा कार्की परिवारले मेची किनारमा गंगा आरती सञ्चालन गरेका थिए । साेही कार्यक्रममा नगर प्रमुख गणेश पाेखरेलले नगरपालिकाकाे आयाेजनामा छठ पर्वका दिन मेची नदीमा गंगा आरती हुने घाेषणा गरे बमाेजिम याे कार्यक्रम सञ्चालन भएकाे थियाे ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकाय , जनप्रतिनिधि ,विभिन्न संघ संस्था,उद्दाेगी,व्यवसायी,विभिन्न धार्मीक समूह,सञ्चारकर्मी लगायत भक्तजनहरूकाे सहभागिता रहेकाे थियाे ।

मेची नदीमा अस्ताउँदै गरेकाे सुर्यलाइ अर्घ दिइसकेपछि गंगा आरती सुरू भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार