झापा । भारतीय प्रख्यात न्युरोसर्जन तथा डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटलका संस्थापक डा. डब्लु. एच. चाङको ८२ वर्षको उमेरमा निधन भएको छ।
दुई दिनअघि उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । माटिगाडास्थित उनीद्वारा स्थापना गरिएको डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटल उत्तर बङ्गाल, दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम तथा नेपालका सीमावर्ती जिल्लाका बिरामीका लागि भरोसायोग्य स्वास्थ्य संस्था बनेको थियो। विशेषगरी मस्तिष्क र मेरुदण्ड सम्बन्धी जटिल शल्यक्रियामा उनको नाम अग्रस्थानमा लिइन्थ्यो।
डा. चाङको निधनसँगै उत्तर बङ्गाल र नेपालका हजारौँ बिरामीहरुले एक अनुभवी चिकित्सक गुमाएका छन् । उनको निधनले चिकित्सा जगतमा ठूलो क्षति पुगेको छ ।