मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल

देश प्रदेश डेस्क 5424+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

 गृह मन्त्रालयले झापाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा सहसचिव श्रवणकुमार पोखरेललाई पदस्थापन गर्ने निर्णय गरेको छ।

झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका स्थायी बासिन्दा पोखरेललाई गृह मन्त्रालयको निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।

अनुभवी तथा मिजासिलो प्रशासकका रूपमा परिचित पोखरेल यसअघि पनि झापामा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका छन्। उनी २०६२/०६३ को जनआन्दोलनअघि शाही शासनकालमा जिल्ला प्रशासन कार्यालय झापामा प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।

त्यसैगरी, पोखरेलले मालपोत कार्यालय झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

यसैबीच, झापाका वर्तमान प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ। गेलालले पदबाट राजीनामा दिए पनि उक्त राजीनामा हालसम्म स्वीकृत भइनसकेको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार