मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

दमकमा पछारेर बालकको हत्या , आमासहित दुई पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

                                                                                साङ्केतिक तस्वीर

झापा बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाका एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेका थिए । अचेत अबस्थामा पुगेका बालकलाई उपचारको लागि दमक अस्पताल दमक पठाएकोमा इसीजी उक्त अस्पतालमा नरहेकोले इसीजी गराउनको लागि किओच बाल अस्पताल दमक पठाईएकोमा बच्चाको मृत्यु भईसकेको थियो ।

बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने पञ्चवीर घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । उनका अनुसार घटनाका बेला दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार