मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी | विद्यालय खोल्न अनुमति र स्वीकृति दिने पूर्ण अधिकार स्थानीय तहलाई |

रोहिंगिया र बंगलादेशी नेपाल छिर्न सक्ने खतरा बढ्याे

देश प्रदेश डेस्क 5291+ समाचार ( )
१० जेठ २०८३, आइतबार

झापा बंगलादेश र म्यानमारले आफ्नै नागरिकलाई स्वीकार नगर्ने भएपछि भारतमा लुकेर बसेका रोहिंगिया र बंगलादेशी  खुल्ला सीमाना भएकोले नेपाल छिर्न सक्ने खतरा बढेको छ  । भारतको पश्चिम बंगाल सरकारले रोहिंगिया र बंगलादेशी मुसलमानहरुलाई धपाउँदा नेपाल छिर्न सक्ने भन्दै झापाका सीमावर्ती नाकामा कडाई गरिएको छ ।

भारतीय गृह मन्त्रालयले पश्चिम बंगालमा एनकाउन्टर स्पेशलिस्ट आइपीएस अजय पाल शर्मालाई ५ वर्षको लागि नियुक्त गरेको छ। शर्माको नियुक्तिसंगै घुसपैठ गरेर बंगालमा बसेका म्यानमारी रोहिंगिया र बंगलादेशी मुसलमानहरु पलायन हुन थालेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बंगलादेश र म्यानमारले आफ्नै नागरिकलाई स्वीकार नगर्ने भएपछि भारतमा लुकेर बसेका उनीहरु खुल्ला सीमाना भएकोले नेपाल छिर्न सक्ने खतरा बढेको हो । रोहिंगिया र बंगलादेशी मुसलमानहरु नेपाल छिर्न सक्ने देखेर केही दिनदेखि पूर्वीनाकामा कडाई गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट भित्रिनेहरुलाई बिना परिचय पत्र आउन नदिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

हुलिया त्यति धेरै फरक नभएकाले नेपालमा प्रवेश गर्दा रोहिंगिया र बंगलादेशी मुसलमानहरुलाई छुट्याउन सकिदैन । भारतसंग नजिक रहेका झापाका सीमावर्ती मुस्लिम बस्तीहरुमा केही रोहिंगिया र बंगलादेशी मुसलमानहरु आएर बसेको हुनसक्ने आशंका गरिएको छ । तर, प्रहरीले त्यसबारे आधिकारिक जानकारी नभएको बताएको छ ।

दुई वर्षअघि प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गर्न खोज्दा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टामा पक्राउ परेका थिए ।सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएपछि त्यहाँबाट रोहिंगिया मुस्लिमहरू भागेर नेपाल छिर्न सक्ने आँकलन गरिएको छ । रोहिंगिया मुस्लिमहरू भागेर नेपाल छिर्न सक्ने आशंकामा मोरङको सीमानाकामा यसअघि नै कडाइ गर्न थालिएको छ । मोरङको सीमावर्ती क्षेत्र जोगवनी नाकामा सुरक्षा निगरानी बढाउँदै नेपाल प्रवेश गर्नेहरूका लागि परिचयपत्र अनिवार्य गरिएको छ ।

रोहिंगिया र बंगलादेशीहरु प्रवेश गर्दा नेपालमा धार्मिक कट्टरता र अपराध बढ्ने खतरा रहेको छ । रोहिंगिया र बंगलादेशीको घुसपैठको प्रत्यक्ष प्रभाव नेपाली मुस्लिम तथा हिन्दू समाजमा पर्नसक्ने चिन्ता गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार