मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बस्नेत दम्पतीलाई बेवारिसे शिशु दिइने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

झापा इलामको माइजोगमाई गाउँपालिका -३, गिद्देभिर स्थित ढुङ्गाको च्यापमा भेटिएका नवजात शिशु गाउँपालिकाले इलामकै माई नगरपालिका–१० का बस्नेत दम्पती ठहरसिंह बस्नेत र विष्णु चौंलागाईंलाई शिशु लिन आउन सूचना गरेको छ ।बेवारिसे अवस्थामा फेला परेका नवजात शिशु लिन आउन बस्नेत दम्पतीलाई सात दिने सूचना माईजोगमाई गाँउपालिकाले जारी गरेको हाे ।

  बिवाह भएको २५ बर्ष वितेपनि बस्नेत दम्पतीको सन्तान हुन सकेको थिएन।

माईजोगमाई गाँउपालिकाले बेवारिसे शिशु व्यवस्थापन गर्न बनेको कार्यविधिअनुसार माग गरिएका निवेदनमध्ये बस्नेत र चौंलागाईंको निवेदन सबैभन्दा योग्य पाएको जनाएको छ ।

गाँउपालिकाले कार्यविधिको अनुसूची ३ बमोजिम रीत पुर्‍याइ शिशु लिन आउन सूचना जारी गरेको जनाएको छ । अनुसूची ३ मा शिशुको स्याहार, हेरचाह, शिक्षा, स्वास्थ्यलगायत विभिन्न १४ सर्त उल्लेख छन् ।

शिशु व्यवस्थापनका लागि कार्यविधिको अनुसूची १ बमोजिम माघ २ देखि १७ सम्मको अवधिमा कुनै निवेदन परेका थिएनन् । त्यसपछि अनुसूची २ अनुसारको सूचनामा ११ निवेदन परेका थिए ।
अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किने क्रममा माइजोगमाई–३, गिद्देभिरको ढुङ्गाको च्यापमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै