मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

निरौलाको हत्यामा संलग्न तीनजना सार्वजनिक

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ कार्तिक २०८१, आइतबार

झापा चर्को दबाबपछि प्रहरीले दमक –९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी –१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो काँकडभिट्टाबाट पक्राउ गरेको जानकारी दिए । घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको डीएसपी चन्दले बताए ।

गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो । निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयहरुले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका छन् । मृतकका आफन्त, स्थानीयवासी र जनप्रतिनिधिले दबाब दिएपछि मात्र पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार