मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

५ करोड फिरौती माग्दै धम्क्याउने २ जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

झापा । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘फोन तथा एसएमएसमार्फत निजसँग ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । त्यो म्यासेज पनि हामीले पाइसकेका छौं’, एसपी थापाले भने, ‘फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको पाइयो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार