मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

ओमसाई पाथिभरा अस्पताल भद्रपुरले ‘एमआरआई मेसिन’ भित्र्यायाे

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

झापा ओमसाई पाथिभरा अस्पताल भद्रपुरले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ भित्राएको छ ।

अस्पतालका अध्यक्ष दिपक पोखरेलले जर्मनीबाट १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको जानकारी दिए ।

मेसिन जडान गर्न एकहप्ता लाग्ने र त्यसपछि नियमित प्रयोगमा ल्याइने उनले बताए । यसअघि सोही प्रकृतिको मेसिनबाट बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि सेवा उपलब्ध भइरहेको छ ।

ओमसाईले उपचार सेवालाई थप गुणस्तरीय, प्रविधियुक्त र विस्तारित गर्न एक अर्ब १५ करोड लगानी थप्ने योजना बनाएको पोखरेलको भनाई छ ।

एकसय शैयाको अस्पताललाई आगामी एक वर्षाभित्र ३०० शैयामा विस्तार गर्नका लागि सरकारसँग २०० शैया थप्न अनुमति मागिसकेको उनले बताए ।

अस्पतालले आगामी आर्थिक वर्षको सुरुदेखि आँखा उपचारको सेवा समेत प्रदान गर्ने भएको छ । यसका लागि ३५ करोड लगानी गरेर जाँच उपकरण ल्याइसकेको छ ।

यसैगरी मुटु र मिर्गौलाका विरामीका लागि उपचार गर्न ८० करोड लगानी गरिएको छ । उक्त सेवा एक वर्षभित्रै सुरु गरिने अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल(साईराम )ले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार