मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

एमालेले माग्यो मन्त्री बस्नेत र ज्वालाको राजीनामा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

१० फागुन, काठमाडौं । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरु मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले सञ्चारसम्बन्धी उपकरण टेरामक्स खरिद काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र अन्य विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।

‘यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, एमालेको बैठकको निर्णयमा भनिएको छ ।

हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सञ्चार मन्त्री हुँदा गरेको निर्णयको आधारमा टेरामक्स खरिद प्रकरणमा जोडिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ माघमा मन्त्री बस्नेतसँग टेरामक्स खरिद प्रकरणका विषयमा बयान लिएको थियो ।

त्यस्तै १३ पुसमा कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना जाँचबुझका लागि गठित आयोगले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ ।

विवादमा मुछिँदा पनि मन्त्रीहरुले नैतिकता नदेखाएर खुलेआम पदको दुरुपयोग गरिरहेको भन्दै एमालेले सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टमा परिणत भएको बताएको छ । ‘सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टबाजीमा परिणत भएको छ’, एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार