मुख्य समाचार
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी |

झापामा वृद्धाकाे हत्या गर्ने दुइजना पक्राउ

देश प्रदेश डेस्क 5292+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा झापामा वृद्धाकाे हत्या गर्ने दुइजना पक्राउ परेका छन् ।

  झापा गाउँपालिका वडा न. ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फुलमाया मुर्मू घरमा एक्लै भएका बेला लुटपाट गर्ने मनसायले आएका झापा गाउँपालिका वडा न.७ बस्ने २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका वडा न.७ वस्ने २४ वर्षीय अशोक यादवले कलको ह्याण्डिल र फरुवाले प्रहार गरी हत्या गर्नेलाइ प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  उनीहरुले मुर्मूको घरबाट एउटा सामसुङ र अर्को कलर्स मोबाइल लुटेका थिए । दुवैले मुर्मूको टाउको र चिउडोमा प्रहार गरी हत्या गरिसकेपछि गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर बृद्धाको शव लुकाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा दुवैलाई पक्राउ गरिएको जिल्लाका डीएसपी कृष्णकुमार चन्दले बताए । उनले प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा घटनास्थलबाट लुटिएको मोबाइल र एक थान साइकलसहित झापा गाउँपालिका वडा नं.७ मदरगाछबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेका दुवैजना लागूऔषध दुर्व्यसनी भएको बताइएको छ । लागूऔषधकै लागि उनीहरुले लुटपाट गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

छोरी ज्वाइँको सहारामा आफ्नै घरमा बस्दै आएकी मुर्मूले अघिल्लो दिन जग्गा बिक्री गरेकी थिइन् । लड्के भन्ने व्यक्तिले जग्गा खरिद गरेवापत एक लाख रुपैयाँ दिएका थिए । उनीहरु त्यो रकम लुट्न आएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले झापा गाउँपालिका वडा न.७ वस्ने २७ वर्षीय पवनलाल राजवंशी र उनका भाइ २३ वर्षीय धनलाल राजवंशीलाई पनि आवश्यक अनुसनधानको लागि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार