मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


नगरपालिका नेतृत्व विरुद्ध ६ दलले मेचीनगरमा चरणबद्ध आन्दोलन गर्ने

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

झापा मेचीनगर नगरपालिका नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै ६ दल आक्रोशित बनेका छन् ।  नगर नेतृत्व जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।  नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगर नगरपालिकाको जनप्रतिनिधिको नेतृत्व विरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएको बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।
गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया नदिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय लिएको कांग्रेसका महासमिति सदस्य तथा निवर्तमान मेयर बिमल आचार्यले बताए ।
नगरले विकास निर्माण लगायतका विकृति र भ्रष्टाचार तथा चरम अनियमितता भएको, राजनीति महत्वका योजना फेरबदल गरेको, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा जनताले सास्ती भोग्नु परेको, पूर्व तयारीबिना नै लगाइएको ठेक्कापट्टामा अपारदर्शी लेनदेन भएको, नगर स्वास्थ्य अस्पताल, कृषि मण्डी, भ्यु–टावर, बहुजातीय सांस्कृतिक संग्रहालय लथालिंग र अलपत्र बनाएर राज्यको लगानीको दुरुपयोग गरेको, टोल विकास संस्था गठनदेखि उपभोक्ता समिति गठनमा अनियमितता भएको ६ दलले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मेचीनगरको छुट जग्गा वर्गीकरण प्रक्रियाले सर्वसाधारणले सास्ती भोग्दै आएकाले त्यसलाई छिटो–छरितो बनाउनुपर्ने, मेचीनगरले अनुगमन नगर्दा नियम मिचेर निन्दा खोलामा उत्खनन गरेकै कारण मेचीनगर ३ का शिक्षक धनराज भण्डारीको डुवेर मृत्यु भएको बिषयलाई सत्यतथ्य बाहिर ल्याउनुपर्ने, मेचीनगर–४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरी दोषीमाथी कार्बाही गर्नुपर्ने, नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आर्थिक बर्षमा कृषिमण्डीको रुपमा राखिएको जग्गालाई चालु आर्थिक बर्षमा खेल मैदानको व्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतका २१ बुँदे ज्ञापन पत्र बुझाइएको थियो ।
पत्रकार सम्मेलनमार्फत ६ दलका तर्फबाट जारी गरेको  प्रेस विज्ञप्तीमा काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, नेकपा एकीकृत समाजबादीका तर्फबाट जिल्ला सचिव विपी भट्टराई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली काँग्रेस नगरका कार्यवाहक सभापति योगन्द्र थापा मगर, रास्वपा मेचीनगर सभापति कमल गौतम, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष हरि तिम्सिना, एकिकृत समाजवादीकै जिल्ला कार्यालय सचिव पर्शुराम शंकर र जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङले हस्ताक्षर गरेका छन् । 
 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार