मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

रुघा लाग्दा नाक बन्द किन हुन्छ ?

देश प्रदेश डेस्क 5409+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

रुघा लाग्दा शरीर भारी हुन्छ, स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ । यसले नियमित काममा समेत मन नलाग्न सक्छ । धेरैलाई त नाक बन्द भए पछि सास फेर्न सकिंदैन भन्ने लाग्छ ।

के साच्चै श्वासप्रश्वासमा प्रभावित पार्छ ?

यस्तो पटक्कै होइन । नाक बन्द हुनु र श्वासप्रश्वासबीच प्रत्यक्ष कुनै सम्बन्ध छैन । यो बुझ्नुअघि नाक किन टालिन्छ भन्ने कुरा प्रष्ट हुन जरुरी छ ।

नाकमा एलर्जी र संक्रमण भएपछि नाकको तन्तुहरु (मासु) सुनिन्छ । नाकमा सिंगान जम्छ । र, नाक भारी भएको अनुभव हुन्छ । तर श्वासप्रश्वासमा भने फरक परेको हुँदैन । किनभने हामीले नाक र मुख दुवैबाट सास फेर्न सक्छौं । र, बढी वयस्कहरु मुखबाट नै श्वास फेर्ने हुँदा खासै अवरोध हुँदैन । तर नाक टालिएपछि सुत्नमा भने समस्या हुन सक्छ । कसरी ?

नाकभित्र हावा भरिने साइनस हुन्छन् । त्यसमा कुनै कारणवश संक्रमण भएमा साइनसमा हावाको साटो पानी भरिन्छ । र, हावा पास हुन पाउँदैन । नतिजा, गन्धमा प्रभाव पार्ने टाउको दुख्ने, स्वर परिवर्तन हुने र शरीर भारी हुने गर्छ ।

बच्चामा नाक टालिनु गम्भीर हुनसक्छ

नाक टालिए वयस्क र वृद्धले सहजै मुखबाट सास फेर्न सक्छन् । तर बच्चाको मुखबाट सास फेर्ने बानी हुँदैन । त्यसैले उनीहरुको नाक कुनै संक्रमण वा एलर्जीले भरियो भने नाक टालिएर सास फेर्न समेत कठिन बनाउँछ । यो जोखिम त छँदैछ, अक्सिजन पनि पास हुनसक्दैन । जसकारण उनीहरु रातमा छट्पटाउन सक्छन् ।

बच्चाको प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा सबैभन्दा बढी उनीहरुलाई नै बढी रुघा लाग्ने गर्छ । त्यसैले बच्चामा रुघाले नाक टालिएको छ भने घरेलु उपचार गरेर समय खेर फाल्नु भन्दा सकेसम्म तत्काल अस्पताल लैजानुपर्छ । अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार