मुख्य समाचार
सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता |

कुन अवस्थाको क्यान्सर पूर्ण रुपमा निको हुन्छ ?

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१ कार्तिक २०८०, बुधवार

क्यान्सर लाग्नासाथ ‘जीवन सकियो, निको नहुने रोग हो यो, यसले मृत्युको मुखमा धकल्ने गर्छ’ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साही हुन्छन्, डराउँछन् । साँच्चै क्यान्सर लागेपछि निको हुँदैन ? क्यान्सर घातक रोग त आवश्य पनि हो । तर कस्तो क्यान्सर ? कुन अंगको ? कुन चरणको ? धेरै कुरा यसमा निर्भर गर्छ ।

क्यान्सर दुई प्रकारका हुन्छन्, हेमाटोलोजीकल ट्युमर (ब्लड क्यान्सर) र सोलिड ट्युमर (शरीरको कुनै पनि अंगको हुने क्यान्सर) । यी दुवै खालको क्यान्सर पूर्ण रुपमा निको हुन्छन् । तर क्यान्सरको चरणमा भर पर्छ । क्यान्सरलाई एकदेखि चार चरणसम्म हुन्छन् । पहिलोदेखि तेस्रो चरणसम्म पूर्ण रुपमा निको हुन्छ भने चौथो चरणमा पुगेपछि भने निको बनाउन सकिंदैन ।

यदि पहिलोदेखि तेस्रो चरणसम्म फोक्सोको क्यान्सर, ब्रेस्ट क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर, ब्लड क्यान्सर पत्ता लगाउन सकेमा राम्ररी पूर्ण रुपमा निको बनाउन सकिन्छ ।

सुरुवाती वा पहिलो चरणमा आउनुअघि पनि एउटा चरण हुन्छ, त्यसबेला पत्ता लगाइयो भने शतप्रतिशत निको हुन्छ । पहिलो चरणमै पत्ता लागेमा क्यान्सर ९० प्रतिशत निको हुन सक्छ । खासगरी स्तन र पाठेघरको क्यान्सरलाई पूर्ण रुपमा निको पार्न सकिन्छ ।

नेपालमा महिलाहरुमा पाठेघरको क्यान्सर बढ्दो छ । यो पनि सुरुवाती चरणमै पत्ता लागेमा पूर्ण रुपमा निको पार्न सकिन्छ । यसैगरी पेट र आन्द्राको क्यान्सर पहिलो चरणमै पत्ता लागेको अवस्थामा पूर्ण निको हुने सम्भावना बढी हुन्छ । घाँटीको क्यान्सर पनि यस्तै हो । सुरुवाती चरणमा पत्ता लगाउन सकियो र सही उपचार गरियो भने पूर्ण निको हुन्छ ।

कस्तो अवस्थाको क्यान्सर जटिल मानिन्छ ?

क्यान्सरको चौथो चरणको अवस्थालाई जटिल मानिन्छ । यो चरणको क्यान्सर अन्य अंगमा पनि फैलिसकेको हुन्छ । जसले गर्दा शल्यक्रिया गरेर पनि केही पूर्ण रुपमा निको पार्न सकिंदैन । यसबेला बिरामीलाई निको पार्न भन्दा पनि सहज बनाउन उपचार गरिन्छ । कस्तो प्रकृतिको क्यान्सर र कुन रुपमा फैलिएको छ भन्ने पनि हुन्छ । त्यसैले पहिलो चरणअघि नै सम्भावित क्यान्सरबारे पत्ता लगाउन सकियो भने क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ ।

क्यान्सरको उपचार

रेडियो थेरापी, किमोथेरापी, इम्युनो थेरापी, टार्गेट थेरापी, शल्यक्रिया क्यान्सर उपचारका विधि हुन् । पहिला एउटै सर्जनले सबै क्यान्सरको शल्यक्रिया गरिन्थ्यो भने अहिले क्यान्सरको प्रकारअनुसार छुट्टाछुट्टै सर्जन छन् । अहिले नेपालमै धेरैजसो उपचार हुने भएकाले क्यान्सरका बिरामी विदेश जानुपर्ने अवस्था छैन ।

क्यान्सर जीवनको अन्त्य होइन, नयाँ सुरुवात पनि

क्यान्सर भनेको जीवनको अन्त्य होइन, यो एउटा नयाँ जीवनको सुरुवात हो । क्यान्सर निको भएर धेरैले सामान्य जीवन बिताइरहेका छन् । उनीहरुले सामान्य जीवन बिताउने मात्र नभई पूर्ण आयु बाँच्न सक्छन् । साथै बाल्यकालमा क्यान्सर भएका र उपचार गराएकाहरु पनि सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सर लाग्यो भन्दैमा आत्तिहाल्नु हुँदैन । आवश्यक स्वास्थ्य परीक्षण, स्वस्थ दिनचर्या, उपयुक्त खानपान र सक्रिय जीवनशैलीले क्यान्सरबाट जोगाउन सक्छ ।

क्यान्सर हुनै नदिन के गर्ने ?

क्यान्सर हुन नदिन सबैभन्दा पहिले त आफ्नो आनीबानीलाई व्यवस्थित बनाउनुपर्छ । जंकफुड र कोल्ड ड्रिंकबाट सकेसम्म नखाने, धुम्रपान, मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खानपान र शरीरमा केही परिवर्तन देखिएमा जाँच गराइहाल्ने गर्नुपर्छ ।

पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर धेरै महिलामा देखिइरहेकाले केही समस्या नभए पनि वर्षको एकचोटि महिलाले पाठेघर र स्तनको परीक्षण गराउनुपर्छ । अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार