मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी | विद्यालय खोल्न अनुमति र स्वीकृति दिने पूर्ण अधिकार स्थानीय तहलाई |

नापी कार्यालय झापाका सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

देश प्रदेश डेस्क 5291+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

झापा जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेकाे हाे ।

उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । भद्रपुर- ७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई थप  अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ ।

सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा बस्दै आएका थिए । सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार