मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |
मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |


शिवसताक्षीमा १०७ प्रजातिका धान संरक्षण

देश प्रदेश डेस्क 5084+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

झापा जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको छ । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको हाे । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको जनाएकाे छ ।

शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए । उनले रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई एउटै जग्गामा रोपेर फलाइएको बताए ।

पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौ । उनले भने, कालो नुनियाजस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ । नेपाल सरकारले पनि एकै ठाउँमा १०७ जातका विऊ संरक्षण नगरेको अध्यक्ष पौडेलको दावी छ । पौडेलका अनुसार कालो नुनिया धानको भात मिठो र मनको ४ हजारको दरले विक्री हुने भएका कारणले पनि किसानले खोजी खोजी धान लगाउन थालेका छन् ।

संरक्षण गरेको केही विऊ किसानलाई पनि बाढ्दै आएको कालो जैविक विविधता संरक्षण समितिले जनाएको छ । जसमा कालो नुनिया धानको माग अत्यधिक बढेको छ । कञ्चन जैविक विविधताका अनुसार कालो नुनिया मात्र किसानलाई ५ देखि ७ टन धान विउकै रुपमा विक्री वितरण गर्दै आएको छ ।

जुम्लामा फल्ने मार्सीदेखि पूर्वी पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान खेतमा फलाइएको छ । बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धानसमेत त्यहाँ फलाइएको छ । समितिले रैथाने धान फलाइएको खेतलाई ‘प्रदर्शनी ब्लक’ नाम दिएको छ ।

त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन् ।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघ जुङ्गे धान खेतमा फलाइएको छ ।

वि.सं. २०६५ मा समितिको स्थापना भएको र त्यसको एक वर्षपछि झापाको शिवसताक्षी वडा नं ७ मा रैथाने बालीको बिउ बैंक स्थापना गरिएको हो ।विउ संरक्षणका लागि शिवतसाक्षी नगरपालिकाले खर्चको ५० प्रतिशत व्यर्होदै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाले पनि कालो नुनिया धानमा अनुदान दिदै आएको जनाएको छ । गएको वर्षमा अनुदानका लागि ६ सय कठ्ठा निवेदन परेको थियो भने यस वर्ष ३ सय कठ्ठा निवेदन परेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए । नगरपालिकाले प्रत्येक ५ कठ्ठा बराबर ५ सय अनुदान दिदै आएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ । नगरमा अनुदानका लागि विवेदन कम परे पनि नगर भित्र ६ सय विगाह क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिए । कालो नुनिया धान उत्पादनका लागि शिवसताक्षीको वडा नं. १, ४, ७ र १० पकेट एरिया मानिन्छ ।

कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि विउ उत्पादन गरी संरक्षण गर्दै आएको छ । जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै