अभियानको शुरुवात गर्नुअघि पार्टीले रक्तदान, पत्रकार सम्मेलन, बजार सरसफाई, जनवर्गीय संगठन तथा मोर्चाहरुसग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यही बीचमा सहिद परिवारसंग भेट्घाट तथा वडा सम्मेलन सम्पन्न गर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामीले बताए । अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।
पार्टीका गाउँपालिका अध्यक्ष किरण लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका इन्चार्ज बुद्धि नेपाल, हरी बस्नेत (चट्टान), धनबहादुर तामाङ, प्रदेश सदस्य भूपाल सापकोटा, केन्द्रीय सदस्य रञ्जित तामाङ, केन्द्रीय सल्लाहकार हर्कबहादुर खड्का लगायतले सुझाव राखेका थिए ।