मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

इजरायलको घातक हमलामा परि लेबनानमा २५० भन्दा बढीको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

झापा / इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।

राजधानी बेरुतसहित दक्षिणी क्षेत्र र बेका उपत्यकामा केन्द्रित आक्रमणमा सयौं घाइते भएका छन् भने अस्पतालहरू घाइतेले भरिएका छन्। इजरायलले हेजबोल्लाहका सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरिएको दाबी गरे पनि धेरै हमला आवासीय क्षेत्रमा परेकाले ठूलो नागरिक क्षति भएको बताइएको छ। अमेरिका–इरानबीच युद्धविरामको घोषणा भएको केही घण्टामै भएको यस आक्रमणले मध्यपूर्वमा तनाव झन् बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले घटनाको निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेको छ भने लेबनानमा मानवीय संकट गहिरिँदै गएको छ।

बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि यो अन्तिम विवरण नभएको उसले जनाएको छ ।

राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘यस्तो नरसंहार अविश्वसनीय र भयावह’ भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार