मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

काठमाडौँ महानगरले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

झापाकाठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । अनुगमन समितिको संयोजकसमेत रहनुभएको सुनिता डङ्गोललको संयोजकत्वमा कामपा कृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण गर्ने कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिए । डा झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उनले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गरे ।

उक्त समयमा कामपाले चौपाया बिक्री स्थान, मासु पसल र बधशालालगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित अन्य पाँच जना टोलीले परीक्षण गर्ने तयारी गरेको छ । दसैँका लागि मात्र कामपाले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वास्थ्य र मासु निरीक्षण गर्ने गरेको छ । चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइराख्नका लागि रु तीन करोड ५० लाख रहेका छ ।  

बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ । चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमीरूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड सुरु हुनु केही महिनाअघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।     

बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार