मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

पाँच वटा अस्पातालबाट उपचार हुँदा पनि तरहराका निराैला बाँच्न असफल

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

झापा / पाँच वटा अस्पातालबाट उपचार हुँदा पनि सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा बस्ने २५ वर्षीय युवराज निराैला बाँच्न सफल  भएनन् ।

गत ९ गते सुनसरीकाे धरान उपमहानगरपालिका -८ शनि मन्दिर स्थित कोशी राजमार्गमा अस्थाई प्रहरी चाैकी तिनकुनेबाट प्रहरी सहायक हवल्दार कृष्ण माझीको कमाण्डमा खटिएको गस्ती टोलीले अन्दाजी रातिकाे १०ः५०काे समयमा  निरौलालाई बाटोमा अचेत अवस्थामा लडी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको थियाे ।

त्याहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि १० गते बिहानकाे ३ः१० बजे विराटनगरकाे विराट निदान अस्पताल लगिएकाे थियाे ।उक्त अस्पतालमा डाक्टर नभएकाे कारणबाट उनलाई फेरी बिराट नर्सिङ होम अस्पताल लगि आईसियु राखेर थप उपचार गरिएकाे थियाे ।त्याहा पनि उपचार हुन नसकि उनलाई फेरी हिजाे ११ गते साँझ ५ः०० बजे विराट नर्सिङ हाेमबाट रेफर गरेर विराट टिचिङ अस्पतालमा थप उपचारका लागि लगिएकाे थियाे । निराैलाकाे स्वास्थ्य अवस्था झन गम्भिर हुँदै गएपछि साे अस्पतालमा ४ घण्टा ३० मिनेकाे उपचार पश्चात फेरी राति ९ः३० बजेकाे समयमा उनलाई काेशी अस्पताल विराटनगर लगिएकाे थियाे । त्याहाँ पुर्याएकाे ४० मिनेटमा डाक्टरहरुले मुत्य भएकाे घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार