मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सुदूरपश्चिमबाट पूर्वतिर पानी पार्ने बादल सर्दै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

झापा पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको छ । देशका पश्चिमी भूभागमा हाल पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पानी पार्ने बादल पश्चिमबाट लुम्बिनी प्रदेशतिर सरिरहेको जनाएको छ ।

‘मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकाले अझै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु होला,’ विभागले भनेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यिनै प्रभावका कारण बादल लाग्ने र पानी पर्ने भइरहेको हो । यस्तो अवस्था अझै केही दिन रहीरहने सम्भावना रहेको मौसमविद बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो पनि देशका धेरै ठाउँहरुमा बादल लाग्ने र हल्कादेखि छिटफुट पानी पर्ने सम्भावना छ ।

काठमाडौंमा पनि आज दिउँसो हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसमविद बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार