मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

ग्याङ फाइटमा भद्रपुरका चार विद्यार्थी खुकुरीसहित पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

झापा झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर राेडकाे बस स्ट्यान्डसम्म पुगेको थियो ।

कलेजको पोसाकमा रहेका आठ जना युवाहरुबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा परेको थियो । देवी माविका शिक्षकहरूले गाली गरेपछि उनीहरूको झगडा त्यहाँ साम्य भएको थियो ।

उनीहरूको झगडा पछि भद्रपुर राेडकाे बस स्ट्यान्डसम्म पुगेको थियो । सुरुमा इँटा प्रहारबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट चार जना युवाहरूलाई खुकुरीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेहरूमा भद्रपुर २ का १९ वर्षीय आदित्य राई , भद्रपुर १ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दीपेश पुन मगर र २२ वर्षीय रोहण लिम्बू रहेका छन् । घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार