मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

उपनिर्वाचनका लागि मौन अवधि सुरु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

झापा  स्थानीय तह उपनिर्वाचनका लागि विहीबार मध्यरातबाट मौन अवधि सुरु भएको छ ।

मतदानभन्दा ४८ घण्टाअघि प्रचारप्रसारमा रोक लगाइने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले मौन अवधि लागू गरेको हो । यस अवधिमा कुनै प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने कार्य गर्न नमिल्ने आयोगले जनाएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापासहितका कुनै पनि माध्यमबाट चुनावी प्रचार गर्न पाइने छैन । दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत मागेको वा निर्वाचन प्रचार गरेको पाइए कानुनी कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।

झापाको कानकाई ६ सहित विभिन्न पालिकामा ४२ जनप्रतिनिधि छनोटका लागि उपनिर्वाचन गरिएकोमा रुकुम पूर्वको पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

उपनिर्वाचनअन्तर्गत नै कैलाली र ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुख पनि निर्विरोध चयन भइसकेको छ । २०७९ को निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुनेभएकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार