मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

पहिरोले पुरिँदा इलाममा एकै परिवारका ६ सहित १५ जनाको मृत्यु, एक दर्जनबढी बेपत्ता

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

झापा पहिरोले पुरिँदा इलाममा १५ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा एक दर्जनबढी बेपत्ता भएका छन् ।

निरन्तर बर्षाका कारण इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए ।

त्यस्तै माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँ वस्ने मदन लिम्बूको काठ र टिनको छानो भएको एक तले घरलाई माथिबाट खसेको बाँस र माटोसहितको पहिरोले पुरेको छ । उक्त घरमा ८ जना परिवार बस्दै आएकोमा ५ जनालाई सकुशल उद्धार गरिएको छ भने ३ जना मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै देउमाई नगरपालिका –५ ढुसेनी वस्ने दिपक लिम्बूको घरलाई घरमाथिबाट पहिरो झरी पुरेको छ । लिम्बूको घरमा ६ जनाको परिवार बस्दै आएकोमा एक जना बालक र अर्की बालिका मृत अवस्था फेला परेका छन् । एकजना बालिकालाई जीवितै फेला पारी उद्धार गरिएको र अन्य ३ जना बेपत्ता भएकाले खोजतलास भइरहेको छ ।

त्यस्तै देउमाई नगरपालिका –५ झारे बस्ने मनकुमार लिम्बूको काठ र बाँसको टाँटीबेराले बनेको दुई तले घरमा घर माथिबाट पहिरो खसेर पुरिँदा मनकुमार लिम्बूको घटनास्थलमा नै मृत्यु भएको छ । त्यस घरमा २ जना बसेकोमा एक जना महिला वेपत्ता भएकी छन् ।

त्यस्तै सूर्योदय.नगरपालिका –१ मानेभञ्याङ वस्ने राजु क्षेत्रीको घर पहिरोले पुरिँदा उक्त घरमा रहेका ३ जना पाहुनासहित ५ जना सदस्यमध्ये एकजना पुरुषलाई जिवितै उद्धार गरिएको छ । उनलाई उपचारको लागि भारतको सुकिया अस्पताल पठाइएको छ । आमा र नातिनी मृत अवस्थामा फेला परेका छन् भने अन्य २ जना बेपत्ता भएका छन् । उनीहरुको खोजतलास भइरहेको छ ।

यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै, सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका–१ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् । उता इलामकै फाकफोकथुम–३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै