मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |
मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |


चितवनमा किन टिक्दैनन् एसपी ?

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार
झापा चितवनको इन्चार्जबाट झापाको इन्चार्जमा सरुवा भएका राजन लिम्बुले चितवनमा जम्माजम्मी तीन महिनामात्रै कमान्ड सम्हाले । उनको गत ११ माघमा चिवतन सरुवा भएको थियो ।

चितवनको कमान्ड सम्हालेको तीन महिनामै त्यहाँबाट सरुवा मागेर झापा पुगेका लिम्बु एक्ला होइनन् । उनीभन्दा अघिल्ला एसपीहरूको पनि चितवनको कमान्ड सम्हालेको केही महिनामै सरुवा मागेर अन्यत्र जिल्ला गएका थिए ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि चितवनमा रास्वपाका कार्यकर्ताले नारा-जुलुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका थिए ।

यसपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालको जिम्मेवारी खोस्दै ७ कात्तिकमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा रहेका एसपी गौतम मिश्रलाई चितवन पठाइएको थियो । चितवनको कमान्ड सम्हालेको तीन महिनामै उनी त्यहाँबाट ११ माघमा पर्साको इन्चार्जको रूपमा सरुवा भएका थिए । जबकि, जिल्ला इन्चार्जहरूलाई १ वर्ष पूरा नभई सरुवा नगर्ने प्रहरी नियमावलीमा उल्लेख छ ।

तर, चितवन सरुवा भएका एसपी भने त्यहाँबाट धमाधम सरुवा माग्दै अन्य जिल्लामा जाने प्रचलन प्रहरीमा देखिएको छ । केही समयअघिसम्म चितवन जाने एसपीहरूले ठूलो पावर लगाउने गरेका थिए । अहिले लिम्बुको ठाउँमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत गोविन्द पुरीलाई सरुवा गरिएको छ ।

४ पुस २०७६ मा चितवनको इन्चार्जको रूपमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तको सरुवा गरेको थियो । उनी आकर्षक मानिएको जिल्ला चितवन जाने तयारीमा थिइन् । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ग्रिन सिग्नल बिना त्यसबेला चितवन सरुवा हुन निकै कठिन थियो । आफ्नो गृहजिल्लामा आफू अनकूलका प्रहरी प्रमुख रुचाउने राजनीतिक प्रवृत्तिले काम गरेको थियो ।

सरुवा भएर पनि प्रचण्डले नरुचाउँदा चितवन जान नपाएकी पन्तलाई तीन सातापछि पर्सा पठाइयो । चितवनमा नान्तिराज गुरुङलाई पठाइयो ।

उनै प्रचण्डको गृहजिल्ला जान कुनै समय हानाथाप र ठूलो पावर लगाउने प्रहरी अधिकृतहरू अहिले भने चितवनको कमान्ड सम्हाल्न छाडेर अन्यत्रै सरुवा जाने प्रवृत्ति देखिएको छ ।

उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएकी भरतपुरकी मेयर रेणु दाहालदेखि रास्वपा अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री प्रचण्डदेखि राष्ट्रियस्तरका अन्य नेताहरूको गृहजिल्ला चुनौतीपूर्ण हुने र विवादमा परिने डरले पनि चितवनबाट पन्छिएको विश्लेषण गरिएको छ ।

नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखामा लामो समय बसेर अवकाश पाएका पूर्वएसपी रवीन्द्रनाथ रेग्मी उक्त कुरालाई नकार्दैनन् ।

‘पावर सिकरहरूमा अजिबको स्वार्थ हुन्छ । कुनैबेला रौतहट क्वालिटीका मान्छे जान्थे । अहिले त्यस्तो छैन । चितवन पनि कुनै समय त्यस्तै महत्वपूर्ण थियो । डडेल्धुरा जान खोज्ने डीएसपीहरूको मारामार हुन्थ्यो,’ उनी भन्छन्, ‘यसको एउटै उद्देश्य शक्तिकेन्द्र निकट भएर फाइदा लिने हो ।’

तर, अहिले चितवनको अवस्था पहिलाको जस्तो शक्तिकेन्द्रमा नरहेकाले सरुवा भएका एसपी पनि सकेसम्म जान नपरोस् भन्ने मुडमा पुगेको पूर्वएसपी रेग्मीको बुझाइ छ । नजिक भएपछि ठूलो नेताको काम गर्नुपर्छ । तर जो अहिले शक्तिमा छैनन् । यस्तो हुँदा समस्यामात्रै आउने उनको बुझाइ छ ।

रेग्मी भन्छन्, ‘प्रचण्ड प्रधानमन्त्री भएको समयमा चितवन जान ठूलो पहुँच लगाउनु पर्थ्यो । अहिले गएपछि प्रचण्डको फोन नउठाउन पनि सकिँदैन । अरु पार्टीका नेताको कुरालाई पनि इग्नोर गर्न सकिँदैन । हरेक इस्युमा दुईतिर बाँडिन्छ । त्यसो भएर विवादमा परिन्छ । इग्नोर पनि गर्न नसक्ने र काम पनि गर्न नसक्ने अवस्था आउँछ ।’

तर, अवस्था यति मात्रै नभएको बुझाइ प्रहरी अधिकारीहरूकै छ । सत्तामा नरहेका र पहिलो पार्टीबाट तेस्रोको अवस्थामा रहेका प्रचण्डको पर्सनल सेक्युरेटी अफिरिस (पीएसओ) बसेकाहरू वा माओवादी निकट जोडिएका प्रहरी अधिकृतहरू बढुवामा छुट्नेदेखि सरुवामा समेत ‘थन्क्याउने’ ठाउँमा सरुवा हुनुलाई चितवनको सरुवासँग जोडेर हेर्ने गरिएको प्रहरी अधिकृतहरूको बुझाइ छ । अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार