मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |
मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |


माेरङ प्रहरीले अंशुकाे हत्यारालाई सार्वजनिक गर्याे, ५९ वर्षीय छिमेकी नै हत्यारा

देश प्रदेश डेस्क 5084+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

झापा / कलिलो १३ वर्षको उमेरमा रमाउँदै गरेकीन् मोरङको लेटाङ नगरपालिका २ फडानीकी अंशु गौतमले सोचेकी पनि थिइन् कि आफ्नै हजुरबा सरह छिमेकी ५९ वर्षीय आफ्नाे यमराज हुन्छ भनेर ।

घटना थियो गत असोज २१ गते घर नजिकै साथीसँग खेल्दै गरेकी अंशु साँझ पर्दा घर फर्किनन् । १७ दिनपछि घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडीमा उनको शव टाउको र शरीर छुट्टिएको अवस्थामा कंकालका रूपमा फेला प-यो ।

यो हत्याकाण्डले सिङ्गो समाजलाई त्रसित बनाएको थियो । अन्ततः नेपाल प्रहरीले सूक्ष्म र मिहिनेती अनुसन्धान पश्चात साढे दुई महिनापछि हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । आरोपित अरू कोही नभएर अंशुले हजुरबा मान्ने उमेरका ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी निस्किएका छन् ।

प्रहरीले गरेकाे अनुसन्धान अनुसार घटनाको दिन अंशु आफ्नी साथीसँग खेल्दै थिइन् । सोही समयमा छिमेकी पदमबहादुर त्यहाँ आइपुगे । उनको मनमा पाप पलाइसकेको थियो । उनले अंशुसँगै रहेकी अर्की बालिकालाई ५ रुपैयाँ दिएर ‘जाउ, चकलेट खानु’ भन्दै त्यहाँबाट खेदाए ।

साथी गएपछि एक्लिएकी अंशुलाई उनले जङ्गलमा घाँस काटिदिने र मोबाइल चलाउन दिने भन्दै प्रलोभन देखाएर फकाए । अबोध बालिका छिमेकी हजुरबा सहरकाकाे विश्वासमा परिन् । पदमबहादुरले उनलाई साइकलको पछाडि राखेर गाउँबाट करिब साढे ४ किलोमिटर टाढा सुनसान जङ्गलमा पु-याए ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले दिएकाे जानकारी अनुसार जङ्गलको बिचमा पुगेपछि पदमबहादुरले आफ्नो असली रूप देखाए । उनले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरे । बालिकाले प्रतिवाद गरिन्, चिच्याउन खोजिन् । पोल खुल्ने डरले पदमबहादुरले क्रूरताको हद पार गरे ।

सुरुमा उनले बालिकाको घाँटी थिचे । बालिका अचेत भइन्, तर सास चलिरहेकै थियो । मरेको सुनिश्चित गर्न उनले आफूसँगै घाँस काट्न लगेको हँसिया (खुर्पा) ले बालिकाको घाँटी रेटिदिए । टाउको र जिउ अलग हुने गरी रेटेर शवलाई त्यही झाडीमा छोडी रगत लतपतिएको हँसिया र घाँस बोकेर उनी सामान्य मानिस झैँ घर फर्किए ।

"जाे चाेर उसकाे ठुलाे स्वर" भने झै घटनापछि पदमबहादुरको अभिनय कुनै चलचित्रको खलनायकभन्दा कम थिएन । गाउँमा हल्लाखल्ला भयो । अंशुका बुबाआमा रोइकराइ गर्न थाले । पदमबहादुर पनि उनीहरूसँगै उभिएर ‘मेरी छोरीजस्तै थिइ, म पनि खोज्छु’ भन्दै गाउँले र प्रहरीसँगै खाेजतलासमा हिंडे ।

कात्तिक ७ गते जब जङ्गलमा अंशुको सडेको शव र छरिएका कपडाहरू फेला प-यो, त्यतिबेला पनि उनी घटनास्थलमै रमिते बनेर उभिएका थिए । प्रहरीलाई सुरुमा उनीमाथि शंका गर्ने कुनै आधार थिएन ।

जिल्ला प्रहरी कार्यालय मोरङले यो घटनालाई गम्भीरतापूर्वक लिँदै ‘अपरेसन जग’ नाम दिएर सीआईबी र प्रदेश प्रहरीसहितको टोली परिचालन ग-यो । प्रहरीले ३०० भन्दा बढी मानिससँग सोधपुछ ग-यो, १६ जनाको पोलिग्राफ टेस्ट ग-यो ।

अनुसन्धानले त्यतिबेला नयाँ मोड लियो, जब जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते छुटे । छोरा आएको भोलिपल्टै कात्तिक १९ गते पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालयतिर भागे । याे अवस्था नै प्रहरीका लागि हत्यारासम्म पुग्ने बाटाे खुल्याे ।

प्रहरीले निकै चलाखीपूर्ण ढंगले आफन्त र छिमेकीमार्फत उनलाई नेपाल झिकाउने वातावरण बनायो । भारतमा लुकेर गाई फार्ममा काम गरिरहेका पदमबहादुरलाई पनि शान्ति मिलेको थिएन । प्रहरीलाई दिएको बयानमा उनले स्वीकार गरेका छन्, ‘गाई दुहुँदा बाल्टिनमा दुधको साटो रगत देखेजस्तो लाग्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो ।’

यही मानसिक तनाव र प्रहरीको रणनीतिका कारण उनी नेपाल फर्किए र पक्राउ परे ।

कक्षा ५ मा पढ्ने कलिली अंशुको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान परिवारले लिएको थियो । जसका कारण ४५ दिनदेखि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।

अहिले प्रहरीले ५९ वर्षीय वृद्ध पदमबहादुर विरुद्ध ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । मुलुकी अपराध संहिता अनुसार उनलाई आजीवन कारावासको सजाय हुन सक्नेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार