मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

पोखराबाट काठमाडौँ आउने यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरु पोखरामा अलपत्र परेका थिए। 

उनीहरूलाई गन्तव्यसम्म सुरक्षित पुर्‍याउनका लागि शनिबार साँझ ६ बजे १९ वटा बसमा स्कर्टिङसहित काठमाडौं पठाउने निर्णय गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको कोत्रेसम्म स्कर्टिङ गरेको छ । त्यहाँबाट तनहुँस्थित सशस्त्र प्रहरी बल नं। २३ मनकामना गणले स्थानीय प्रहरीको सहयोगमा यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गर्ने बताइएको छ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म सुरक्षा व्यवस्था सुनिश्चित गरी यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने योजना बनाइएको उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार