मुख्य समाचार
किन सञ्चालनमा आएन बिर्ताबजारको इभी चार्जिङ स्टेसन | बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् |

सभामुखले दिएकाे अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन माग

देश प्रदेश डेस्क 5294+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा / प्रतिनिधि सभाको बैठकमा सभामुख डाेल प्रसाद अर्यालले प्रयोग गरेका केही शब्दप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले ती अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउन माग गरेका छन्।

एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ विपरीत बोलेकाले हटाउन माग गरेका हुन्। 

सभामुख अर्यालले नै प्रतिनिधिसभा नियमावलीको गलत व्याख्या गरेको उनको भनाइ छ। प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेकामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएपछि सभामुख अर्यालले नियमावलीको कुनै नियममा पनि १५ जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन भन्ने धारणा व्यक्त गरेका थिए।

बैठकका क्रममा सभामुखले प्रयोग गरेको भाषाशैली निष्पक्ष र मर्यादित नभएको आरोप लगाउँदै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन्। उनीहरूले सभामुखले सबै दल र सांसदप्रति समान व्यवहार गर्नुपर्ने संवैधानिक दायित्व रहेको उल्लेख गर्दै विवादास्पद भनिएका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

विपक्षी सांसदहरूले सभामुखको अभिव्यक्तिले संसद्को गरिमा र निष्पक्षतामाथि प्रश्न उठाएको दाबी गरेका छन्। उनीहरूले संसदीय अभ्यास र परम्पराअनुसार असंसदीय वा विवादास्पद अभिव्यक्तिहरू रेकर्डबाट हटाउने व्यवस्था रहेको भन्दै सोहीअनुसार कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार