मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापाकाे आठमौजा छोटी भन्सार कार्यालय संचालन हुँदै

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ माघ २०८१, सोमबार

झापा   झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा संचालन हुने भएको छ ।

कोरोना कालदेखि बन्द रहेको  छोटी भन्सार कार्यालयलाई यसै साता संचालनमा ल्याउने तयारी थालिएको हो । मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले  छोटी भन्सार कार्यालय यसै सातादेखि संचालन गर्ने बताए । उनले केही पूर्वाधारको काम गर्नुपर्ने भएकाले त्यसलाई पूरा गरी संचालनमा ल्याउने जानकारी दिए ।  झापाको बासिन्दा भएकाले आफ्नो कार्यकालमै छोटी भन्सार आठमौजालाई संचालन गरेरै छाड्ने उनले बताए ।

यही माघ १३ गते भन्सार दिवस रहेको छ । भन्सार दिवसको अवसर पारेर  छोटी भन्सार कार्यालयलाई संचालन गर्ने योजना रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए । मेची भन्सार कार्यालयअन्तर्गत ७ वटा छोटी भन्सार रहेका छन् । कतिपय छोटी भन्सारको नामोनिशान नै छैन ।

भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापा जिल्लामा काँकडभिट्टा र भद्रपुर गरी दुई वटा मुख्य नाका छन् । दुवै नाकामा मूल भन्सार रहेका छन् । जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू रहेका थिए । तर, काँकडभिट्टा र भद्रपुर नाकाबाहेक अन्य भन्सारहरु लामो समयदेखि कोरोना महामारीका कारण बन्द छन् ।

बिहारको फत्तेपुर नाकासँग जोडिएको छोटी भन्सार आठमौजा संचालन हुँदा माई पश्चिमका बासिन्दालाई सहज हुने भएको छ । छोटी भन्सार बन्द भएपछि सीमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार