मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

पत्रकार महासंघको निर्वाचन तोकिएको मितिमा गर्न सङ्गठनकाे दबाब

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

झापा झापाका ६ वटा संगठनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष/संयोजकले  संयुक्त प्रेस वक्तव्य जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

शनिबार संयुक्त प्रेस वक्तव्य जारी गरी अद्यावधिक सदस्यहरुको नामावली निर्वाचन समितिलाई तत्काल उपलब्ध गराई तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन उनीहरुले आग्रह गरेका हुन् ।

सदस्यहरुको अद्यावधिक नामावली नबुझाइएकै कारण हालसम्मपनि निर्वाचन कार्यतालिका प्रकाशन हुन नसकेको उनीहरुले वक्तव्यमा उल्लेख गरेका छन् । पत्रकार महासंघको केन्द्रीय नेतृत्वबाटै तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन अवरोध भइरहेको भन्दै उनीहरुले खेद व्यक्त गरेका छन् ।

जारी गरेको वक्तव्यमा २०८० चैत्र मसान्तमा समाप्त भइसकेको कार्यअवधि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरण गर्नुपर्ने कार्य कुनैपनि बहानामा अवरुद्ध गर्ने कार्य नगर्न ४ बुँदे धारणासहित केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनबाट केन्द्र, प्रदेश र शाखा, प्रतिष्ठान र एशोशियटको निर्वाचन जेठ २६ गतेलाई तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै