मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

मध्यरातमा मुनालाई भेट्न जाँदा राजेशको हत्या भएको खुलासा

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

झापा मध्यराति राजेश हजाम बाह्रदशी– ७ की २० वर्षीया मुना मेचे (राजवंशी)लाइ भेटन घरजाँदा घटना भएकाे खुलेकाे छ । मुनासँग राजेशकाे अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको हाे ।

मुनाका श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन् । मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको देखिन्छ । राजेश गत जेठ १५ गते राति करिव ११.३० बजे मुनाको घरमा गएका थिए । बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको छ ।

यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अबस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर गरेकी थिइन् । मुनाको भन्दा अलिक टाढा घर भएका गणेश मुनाको घरमा आइसकेर दुवैले राजेशलाई डोरीले बाँधेका थिए । एक प्रहरी अधिकारीका अनुसार त्यतिबेलै आइपुगेका मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीले आफूले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिएको कुरा बयानमा बताएका छन् । तर,आवेशमा आएर उनीहरुले राजेशको हत्या गरे । मुनाले विहे गर्नुभन्दा अगाडिदेखि राजेशसंग सम्बन्ध रहेको बताइन्छ । अभय राजवंशीसंगको भागी बिहेपछि त्यो सम्बन्ध टुटेको थियो । श्रीमान अभय विदेश गइसकेपछि अविवाहित देवर गणेश राजवंशीसंग उनको सम्बन्ध शुरुवात भएको अबस्थामा राजेशले पुनः इन्ट्री गर्न खोज्दा सो घटना भएको ती प्रहरी अधिकारी बताउँछन् । यद्यपि घटनाबारे अझै विस्तृत अनुसन्धान भइरहेको उनको भनाई छ ।

गणेश पक्राउ परेपछि मात्र सबै कुरा खुल्नसक्ने ती प्रहरी अधिकारीले बताए । प्रहरीले मुना ,मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । आशिष गणेशका साथी हुन् । उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

करिब चार महिनाअघि हत्या गरी गाडेको अवस्थामा राजेशको शव हिजो साँझ बिरिङको बगरमा भेटिएको थियो । गन्हाएको अवस्थामा उनको शव बिरिङ खोलाको बगरबाट उत्खनन् गरी निकालिएको डीएसपी विष्टले बताए । खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको सडिगलेको अवस्थामा शव फेला परेको थियो ।

मृतकको कंकाल बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार