यातायात कार्यालय बिर्तामोडमा दुई कर्मचारीकाे खुलेआम असुलिधन्दा

देश प्रदेश डेस्क 5134+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

नयाँ सरकार गठनसँगै धेरै सरकारी कार्यालयमा सुधार देखिपनी यातायात व्यवस्था कार्यालय बिर्तामोडमा भने कर्मचारी उपभोक्ता लुट्ने धन्दा फेरिएको छैन ।
‘अरुको बानी कस्ले लियोस् , आफ्नो बानी कस्ले छोडोस्’ नेपाली उखान चरितार्थ यातायात कार्यालय बिर्तामोडका कर्मचारी राधाकृण्ण खतिवडा र राजकुमार गुप्ताले सेवाग्राहीसँग अतिरिक्त शुल्क लिन छोडेका छैनन् ।
मोटर साइकल फाँटका अधिकृत छैंठौ राधाकृष्ण खतिवडाले नयाँ मोटर साइकल दर्तामा अतिरिक्त ५ सय रुपैयाँ लिने गरेको प्रमाण फेला परेको छ । दैनिक १ सय देखि १ सय ३ सय वटासम्म मोटर साइकल दर्ता हुने गरेको छ । लामोसमय देखि यातायात कार्यालय बिर्तामोडमा रजगज गर्दै आएका खतिवडा अन्त सरुवा भए पनि तुरुन्त मिलाएर यातायात कार्यालय बिर्तामोडमै आईहाल्ने गरेको पाइएको छ । जो कार्यालय प्रमुख आए पनि कोर टिममा बसेर असुलिधन्दा चलाउने गरेको यातायातकै एक कर्मचारीले बताए ।
यस्र्तैै प्राविधिक शाखा प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी हेरी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको प्रमाण फेला परेको छ ।

कोशी प्रदेश सरकारले ८२ साल असार २९ गते जारी गरेको आर्थिक ऐनअनुसार कुनै सार्वजनिक सवारीले जाँचपास गर्न कार्यालयसम्म सवारी साधन ल्याउन नसक्ने भनी निवेदन गरेमा डोर खटी जाने कर्मचारीबाट जाँचपास गराउने दस्तुर जिल्ला भित्र ५ हजार जोडिएको अर्को जिल्लामा १० हजार र अन्य जिल्लामा १२ हजार लाग्ने उल्लेख छ । गुप्ताले डोरलाई दिने पैसा लिएर मोबाइलमा फोटो हेरेको भरमा चेकजाँचको विवरण बनाउने गरेका छन् ।

गत बर्ष चैत महिनामा इटहरीबाट सरुवा भई आएका गुप्ताले साना गाडीहरूबाट ५–१५ हजार र मोटरसाइकल÷स्कुटरबाट १ हजारदेखि २५ सय रुपैयाँसम्म अवैध रकम लिँदै आएका छन् । उनले दैनिक १० देखि १२ वटा सवारीको जाचपासमा अबैध असुली गर्ने गरेको प्रमाण फेला परेका छ ।

देशका अन्य यातायात व्यवस्था कार्यालयमा बिचौलियाहरु धमाधम पक्राउ पर्नथाले पनि बिर्तामोडमा भने बिचौलिायको बिगबिगी देख्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार