मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

गाडीको ठक्करबाट मेचीनगरकी मालाकाे मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२१ पौष २०८१, आइतबार

झापा काँकडभिट्टामा भारतीय स्कोरपियो गाडीको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

शनिबार साँझ ५.३० बजे मेचीनगर नगरपालिका वडा नम्वर –६ फाईरिङ चोकस्थित पूर्वपश्चिम राजमार्गमा इटाभट्टाबाट भारतको पानीट्यांकीतर्फ जाँदै गरेको डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कोरपियो गाडीले मेचीनगर नगरपालिका ६ साठीबिघा बस्ने अन्दाजी ५८ वर्षीया माला थापालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।

घाइते थापालाई उपचारको लागि चालक भारत पानीट्यांकी बस्ने २१ वर्षीय विकास बिष्ट आफैले गाडीमा हालेर बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए । ती महिलाको उपचारका क्रममा राति १०.३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार