मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भद्रपुरमा हुने

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

झापा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता झापाको भद्रपुरमा हुने भएको छ ।

यही भदौ २८ गतेदेखि ३० गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुनेछ ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्याकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।
पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार