मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

खाजाघरभित्र यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक महिला पक्राउ

देश प्रदेश डेस्क 5409+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

खाजाघरभित्र यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीस्थित खाजाघरमा महिलाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा खोटाङ दिक्तेलकी सीता कुमारी खत्री राईलाई प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँमा बस्ने ४० वर्षीया सीताले किराना पसलसँगै नाम नराखी सञ्चालन गरेको खाजा घरमा महिलाहरूलाई विभिन्न परिबन्धमा पारी ग्राहकहरूसँग यौन सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

त्यस्तै सोबापत सीताले केही रकम आफूले राखी केही रकम महिलाहरूलाई दिने गरेकी पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त खाजाघरबाट एक महिलाको उद्दार गरिएको छ भने एक ग्राहकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का, हाल कागेश्वरी मनोहरा वडा नम्बर ८ बस्ने २८ वर्षीय नैनराज कठेत छन्।

सीता र नैनराज दुवैलाई मानव बेचबिखन सम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार