मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

समानुपातिकतर्फ पनि रास्वपाको अग्रता, कांग्रेस दोस्रो र एमाले चौथो स्थानमा

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिकतर्फको मतगणना पनि सुरु गरिएकाे छ। प्रारम्भिक मतपरिणामले यसपटक समानुपातिकतर्फ नयाँ राजनीतिक शक्ति अगाडि देखिएको संकेत देखाएकाे छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार हालसम्म गणना भएको कुल ११ हजार १५४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ हजार ६ सय ५ मत प्राप्त गर्दै पहिलो स्थानमा अग्रता कायम गरेको छ।

त्यसपछि दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म २ हजार १ सय ३० मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार १३ मतसहित तेस्रो स्थानमा रहँदा प्रमुख वामपन्थी दल नेकपा (एमाले) भने ६ सय ७ मतसहित चौथो स्थानमा सीमित भएको छ।

प्रारम्भिक मतपरिणामले प्रत्यक्षतर्फ उल्लेख्य सिटमा प्रतिस्पर्धा गरिरहेको रास्वपाले समानुपातिकतर्फ पनि परम्परागत ठूला दलहरूलाई पछि पार्दै बलियो उपस्थिति देखिएकाे छ।

शीर्ष चार दलपछि अन्य साना राजनीतिक दलहरूले पनि केही सयको संख्यामा मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीले २२२ मत ल्याउँदै पाँचौँ स्थानमा पुगेको छ भने नेपाली कम्युनिष्ट पार्टीले १७९ मत प्राप्त गरेको छ।

यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले १३३ मत पाएको छ। नेपाल जनता संरक्षण पार्टीले ५८ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीले ३३ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीले ३२ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार देशभरबाट मतपेटिका आउने क्रम जारी रहेकाले समानुपातिकतर्फको मतपरिणाम अझै परिवर्तन हुन सक्ने छ। प्रारम्भिक परिणामले नयाँ दलको उदय र परम्परागत शक्तिहरूबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गर्न थालिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार