मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

भद्रपुर कला साहित्य प्रतिष्ठानको बृहद कविता गोष्ठी

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

झापा भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहद कविता गोष्ठी सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको गोष्ठीमा कोशी प्रदेशका अग्रज कविहरूको सहभागिता रहेको थियो ।

गोष्ठीमा भद्रपुर नगरपालिकाभित्र रहेका १० वटै वडाबाट छानिएर आएका बाल कविहरूले प्रतिष्पर्धात्मक कविता वाचन गरेका थिए । त्यस्तै नगर, जिल्ला र बाहिरी जिल्लाका दुई दर्जनबढी कविहरूले मन छुने कविता प्रस्तुत गरेका थिए ।
कवितामा देश दुखेको, सिमाना मिचिएको, परदेशिनु परेको पीडा, मृतृत्व भावको खोजी, पिताको दायित्व र राजनीतिको विकृतिमाथिको प्रहार जस्ता पक्षलाई सशक्त भाव बनाएर कविता प्रस्तुत गरिएको थियो ।

गोष्ठीमा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, मुनाराज शेर्मालगायत झापा तथा कोशी प्रदेशका अन्य जिल्लाका स्थापित कविहरूले आ—आफ्ना कविता प्रस्तुत गरेका थिए ।

झर्रोवादका संस्थापक सदस्य एवम् भाषासेवी चुडामणि रेग्मीलाई अभिनन्दन गरिएको कार्यक्रममा शब्दद्वारा स्वागत प्रतिष्ठानकी कोषाध्यक्ष धनकुमारी खरेल ( लता )तथा गीतमार्फत डा. कुमार पौडेल, निरज पोखरेल र पवित्रा ओलीले गरेका थिए ।

कार्यक्रमको संचालन उपाध्यक्ष खगेन्द्रा खुसी र सचिव डिल्लीरमण नेपालले संयुक्तरुपमा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार