मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

इप्रका दमकबाट लुटिएको अर्को हतियार भेटियो

देश प्रदेश डेस्क 5407+ समाचार ( )
२६ अशोज २०८२, आइतबार

आज बिहान अन्दाजी ७ः३० बजे दमक –५ धनेश्वर मन्दिरको पूर्वपट्टीको गेटनजिक जेनजी आन्दोलनका बेला लुटिएकामध्ये .३०३ मार्क ३ राईफल एक थान फेला परेको हो । सो बन्दुक बेवारिसे अवस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त हतियार इप्रका दमक ल्याई राखिएको छ ।

इप्रका दमकबाटै लुटिएको एसएलआरको ५५ राउण्ड गोली दुई दिनअघि कमलमा फेला परेको थियो ।कमल गाउँपालिका वडा नं.–७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड भेटेका थिए ।

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार , ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको थियो । त्यसमध्ये एउटा हतियार र ५५ राउण्ड गोली मात्र भेटिएको हो । अरु हतियार आन्दोलनकारीहरुसंगै रहेको छ । सरकारले असोज मसान्तभित्र हतियार फिर्ता गर्न भनेपनि फिर्ता भएको छैन ।

यसअघि मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले फिर्ता गरेको ८५ थान हतियार चारआलीस्थित अरिदमण गणले प्रहरीलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै