मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

बिर्तामोडमा खुलेआम डान्स बार सञ्चालन, टोल विकासको उजुरीपछि अनुगमन

देश प्रदेश डेस्क 5301+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

झापाको बिर्तामोडमा प्रहरी, प्रशासनकै आडमा अनुमति बगेर खुल्लमखुल्ला डान्स बार सञ्चालन भइरहेको छ । बिर्तामोड दर्जन बढी डान्स बार सञ्चालनमा रहेको छ । अधिकांशले होटेल तथा मदिरा बिक्रीको अनुमति लिएर डान्स बार सञ्चालन गर्ने गरेको अनुगमनको क्रममै खुलासा भएको छ । 

बिर्तामोड नगरपालिका १ र ४ को सिमानामा रहेको न्यू एभरेस्ट होटेल एन्ड नाइट बारले शान्ति सुरक्षामा खल्ल पुराएको भन्दै शुभ नगर टोल विकास संस्थाले होटेल खारेजीको माग नै उठाएको छ । जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिदैं टोल विकास संस्थाले खारेजीको माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आवश्यक कारबाहीको लागि समेत पत्र लेखिसकेको छ । सो पत्रका आधारमा बिहीबार बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, प्रहरी र टोल विकासका प्रतिनिधिहरू होटेल पुगेर अनुगमन गरेका थिए। सार्वजनिक शान्ति सुव्यवस्थामा असर पार्ने गरी रातभर नाइट बार सञ्चालन गरेको उजुरी पछि होटेलको अनुगमन गरिएको वडाध्यक्ष शर्माले जानकारी दिए । होटेलको सन्दर्भमा शुभनगर टोल बिर्तामोड १ ले उजुरी गरेको थियो ।

सोही उजुरीका आधारमा होटेल अनुगमन गर्दै वडाध्यक्ष शर्माले आवश्यक कागजात ल्याएर वडामा हाजिर हुन आग्रह गरेका छन् । स्थानीयले रातभर डान्स सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने र स्थानवासीलाई त्रसित बनाउने गरेको आरोप लगाएका छन् । स्थानीयका अनुसार एभरेस्ट होटेलको नाममा दर्ता रहे पनि डान्स बार चलाउने गरिएको छ । वडाध्यक्ष शर्माले रातभर डान्स चलाउन मिल्ने अनुमति कागज फेला नपरेको जानकारी दिए ।

होटेल सञ्चालक भरत राजवंशीले मदिरा विक्री वितरण गर्ने अन्तःशुल्कको कागजात, एभरेस्ट होटेल दर्ता भएको कागजात देखाएको वडाध्यक्ष शर्माको भनाई छ । वडाध्यक्ष शर्माले भने, डान्सवार चलाउने अनुमति लिएको कागज लिएर वडामा आउन भनिएको छ । आवश्यक कागजात लिएर आएपछि थप प्रक्रिया अघि बढाइने शर्माले जानकारी दिए । कागजात लिएर नआएसम्मका लागि होटेल बन्द गर्न भनिएको छ, उनले थपे ।

समाजलाई नै अशान्त बनाइरहेको भन्दै सञ्चालकलाई पटक–पटक सम्झाई बुझाई गर्दा समेत अटेर गरेपछि पुनः होटेल दर्ता खारेजीको माग अघि सारिएको टोल विकासका अध्यक्ष अजित कुमार कटुवालले जानकारी दिए । होटलमा झैझगडा गर्ने र स्थानीयवासीलाई दुख दिने गरेको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार