मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

विष्णुपादुकामा मेला लाग्ने, यातायात व्यवस्थापन गरिँदै

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१९ पौष २०८०, बिहीबार
झापा यही पुस २५ र २६ गते धरान–२० स्थित विष्णुपादुका मन्दिरमा हुन गइरहेको  मेलालाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन र बाटोको स्तरीकरणका लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाको नेतृत्वमा एउटा टोली अवलोकनका लागि बिहीबार त्यसतर्फ गएको छ ।

पितृ श्राद्धको लागि चर्चित उक्त मन्दिरमा करिब दुई लाख जति तीर्थालुहरू आउने आँकलन गरिएको छ र सोही मेलालाई लक्षित गर्दै निरौलाको नेतृत्वमा सुनसरी क्षेत्र नं. १ का प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई, पूर्व सांसद् जयकुमार राई, नगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, पूर्वेली कोशी सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष सरोज श्रेष्ठ, महासचिव कृष्ण कार्कीलगायत व्यक्तित्वहरू अवलोकनमा सहभागी भएका हुन् । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल, उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, ब्लाष्ट टाइम्सका सम्पादक किशोरकुमार कार्की, कोशी बस व्यवसायी तथा यातायात सेवा प्रा.लि.का उपाध्यक्ष राजमणि निरौला र दुर्घटना संयोजक बाबुराम कार्की, मन्दिर व्यवस्थापन समितिका सचिव केशव रिजाल, सदस्य दिनेश अग्रवाल, ट्राफिक इन्स्पेक्टर सुभाष केसी, ट्राफिक हवल्दार दीपराज अधिकारी सहभागी भएका हुन् ।

सो मेलामा पितृ श्राद्धका लागि आउने भारत र नेपालका श्रद्धालुहरूलाई निःशुल्क खानाको व्यवस्था गरिएको जानकारी दिनुका साथै समितिका अध्यक्ष निरौलाले मेलामा उपस्थितिका लागि अनुरोध गरेका छन् । यातायात आवागमनमा समस्या नहोस् भन्ने हेतुले बाटोको व्यवस्थापन गर्न सो टोलीलाई सरोज श्रेष्ठ र राजकुमार निरौलाले समन्वय गरेका थिए ।

कच्ची बाटो स्तरीकरणका लागि धरान उपमहानगरपालिकाले स्काभेटर र २ सय ५० लिटर डिजल उपलब्ध गराउने भएको छ भने प्रदेश सभासद्हरूले पनि सहयोगका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने जनाए । मेला अवधिभर एकतर्फी बाटो र सवारी साधन पार्किङको व्यवस्था गरिने ट्राफिक इन्स्पेक्टर सुभाष केसीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार